
सुदूरपश्चिमको बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का शुदुरपश्चिम र कर्णाली प्रदेशमा महसुस गरिएको छ । भुकम्पबाट क्षती भए नभएको विवरण आउन बाकि छ ।