सुर्खेत उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

सुर्खेत उद्योग वाणिज्य संघले आगलानी घटनाबाट व्यवसायमा क्षती भएका व्यवसायीलाई व्यवसायी राहत अक्षय कोष मार्फत सहयोग गरेको छ । विभिन्न समयमा व्यवसायमा आगलागी भइ क्षती भएका व्यवसायीलाई संघका अध्यक्ष लक्ष्मण कंडेलले सहयोग हस्तान्तरण गर्नु भएको हो ।
वीरेन्द्रनगर ७ कालुन्चोकका शिवसुन्दर सःमिल, वीरेनद्रनगर ३ तातापानीको चन्द्रा टेलर्स र गुर्भाकोट ८ मेहलकुनाको डी.आर.फेन्सीलाई जनही २५ हजारका दरले सहयोग उपलब्ध गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close