जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि

जगदम्बा स्टिलको मुख्यप्रायोजनमाजीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजनाहुने भएको छ ।
सिमरा रंगशालामाफ्लड लाइटमा आयोजनाहुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृती युवाक्लबले सिमरामा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रतियोगितामा ५ ए डिभीजन क्लब र ५ मोफसलका गरि १० टिमको सहभागिता रहनेछ ।
साविक विजेता न्युरोड टिम एन।आर।टी।, एपीएफ फुटबल क्लब, हिमालयन शेर्पाक्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथक्लब, बिएफसीचितवन, मकवानपुर ११ हेटौंडा, बागमतीयुवाक्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँप्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकलप्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close