सुर्खेत डेरी उद्योग भन्छ ‘हामीले उत्पादन गरेका दुुध र दहीका प्याकेट सरकारी मापदण्ड अनुसार छ’

सुर्खेतको औद्योगिक क्षेत्रमा सञ्चालित सुर्खेत डेरी उद्योग प्रालिले रारा व्राण्डको दुुध र दहीमा आवश्यक मापदण्ड पुुरा गरी मात्र बजारमा पुु¥याएको बताएको छ । केहि सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै उद्योगका सञ्चालक माधव धितालले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले तोकेको मापदण्ड पुुरा गरी दुध संकलन, प्रशोधन, लेवलिङ्ग र प्याकेजिङ्ग गरी उपभोत्ता माझ पुु¥याएको बताइएको छ ।
उद्योगमा कात्तिक १८ गते डेट कोडिङ्ग गर्ने मेसिनमा आएको प्राविधिक समस्याका कारण केहि दुुधका प्याकेटमा डेट छुटेको विषयलाई केहि मिडियाले अतिरञ्जित र पूर्वाग्रही ढंगबाट भ्रामक समाचार प्रकासित गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेशका स्थानीय किसानको दुधले बजार नपाएको अवस्थामा ठुलो लगानीबाट सञ्चालन भएको उद्योग गाउँगाउँबाट दुध संकलन गरी प्रदेश बाहिरको बजारमा पुु¥याएको उद्योगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सुर्खेतमा विद्युत आपूर्तिमा भएको समस्याका कारण मेसिनमा असर पुुग्दा उक्त दिन मेसिन बाटै डेट उल्लेख गर्न केहि प्याकेटमा छुुटेको सञ्चालन धितालको भनाइ छ । आम सरोकारवाला निकायलाई कुनै संका लागे उद्योगमा जतिसुकै समयमा पनि अवलोनक गर्न उहाँले आग्रह गर्नु भयाे ।

याे पनि हेर्नुहाेस ।

सुर्खेतमा २० करोडको लगानीमा सञ्चालन भएकाे डेरीकाे रारा ब्राण्ड बजारमा (भिडियाे सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close