पक्राउ परेका चौधरीलाइ काठमाडौ ल्याइँदै

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बाँकेबाट पक्राउ परेका चौधरीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । उनलाई बिहीबारै पक्राउ गरिएको हो ।
काठमाडौं ल्याएपछि उनलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बतायो ।
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । ०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।
कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close