गृहमन्त्री पद रास्वपालाई दिन प्रधानमन्त्री अझै अलमलमा

गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले जनाएको छ ।प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताउनु भयो ।
पार्टी सभापति लामिछानेले आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटनु भएको हो । गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने प्रवक्ता ढकालले बताउनु भयो । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैसँग राख्न खोजेको छ । तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बाट गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिनुपर्ने दबाब बढिरहेको छ ।
नागरिकता विवादका कारण रास्वपाका सभापति लामिछानेको उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको थियो । रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिइसक्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close