सुशीलको उपचारका लागि हारगुहार

सुर्खेत,११ माघ । दैलेखको भगवतिमाई गाउँपालिका वडा नम्बर २ का सुशील शाहीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अनुरोध गरेका छन् ।
तीन महिनादेखि बोनम्यारो रोगबाट पीडित सुशीलको घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।
उनका बाबु जन्मजात नै अपाङ्ग, आमा पाठेघरको बिरामी भएका कारण पनि सुशीलको उपचारमा थप समस्या देखिएको ‘सुशील शाही बचाउ’ अभियानका अभियान्ता राम बहादुर शाहीले बताए ।
घरको आर्थिक अवस्था निकै दयनीय भएका कारण आðना एक मात्र छोराको उपचार गर्न नसकिएको सहयोगी मनहरुलाई अनुरोध गर्न थालिएको उनका बुवा दिनेश शाहीले बताए ।
बोनम्यारो रोगबाट पीडित ११ वर्षीय सुशीलको उपचारमा ३० देखि ३५ लाखसम्म उपचार खर्च लाग्ने रकमको जोहो नभएकोले उपचारमा समस्या भएको छ ।
बोनम्यारो रोगबाट पीडित शाहीको उपचारको लागि सहयोग गर्नका लागि रामबहादुर शाहीको प्रभु बैङ्को खाता नम्बर १५१०१०२८०८५०००१३ अथवा १५१०१०२३८७०००११ मा पठाउन सकिने र सिधै ९८५८०६२५१० मा सम्पर्क गर्न सकिने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close