
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्।
आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन्। उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
खत्री निर्वाचित भएपछि सुभेच्छुकहरुले विजय र्याली निकालेका छन्।
यसअघि वीरेन्द्रनगर-१६ को मतपरिणाम सार्वजनिक भएको छ। १६ को वडाध्यक्षमा नेकपा एमाले डण्डबहादुर विश्वकर्मा निर्वाचित भएका छन्।