जयन्तीले वृद्धाश्रममा मनाईन् छोराको जन्मदिन

सुर्खेत। अमेरिकामा बस्दै आएकी सुर्खेतकी जयन्ती थापाले वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आफ्नो छोराको जन्म दिन मनाउनु भएको छ।
अमेरिका गएका ८ बर्षपछि परिवारसहित नेपाल फर्किएकी थापाले बुधवार छोरा देशन चन्दको दशौं जन्मदिन बृद्धाश्रममा मनाउनु भएको छ ।

जन्मदिनको अवसरमा उनले बृद्धाश्रममा आश्रितहरुलाई बिहानको खाना खुवाएकी छन् भने १५ हजार रुपैयाँ नगद सहयोग गर्नु भएको हो।
लामो समयपछि नेपाल फर्किएकाले यहाँ गरिने सबै गतिविधिको सुरुआत् ज्येष्ठ आमाबुवाको आर्शिवाद लिएर सुरु गरेको उहाँले बताउनु भयो । ‘
२०१० मा अमेरिका गएकी थापाले आफ्नो जन्मभूमिमा विभिन्न खालका सहयोग गर्दै आउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close