मध्यावधि चुनाव तोकिएको समयभन्दा पछाडि सर्न सक्छ: गृहमन्त्री थापा

सुर्खेत, १२ माघ । गृहमन्त्री रामबहादुर थापा ९बादल९ ले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा परेको रिटमाथि बहस ढिलो भए सरकारले तोकेको मध्यावधि चुनाव तोकिएको समयसीमाभन्दा पछाडि सर्न सक्ने संकेत गरेका छन्। सोमबार कालीकोटमा गरिएको पत्रकार सम्मेलनमा उनले अहिले उक्त रिटमाथि बहस लम्बिएकाले चुनाव सर्न सक्ने संकेत गरेका हुन्।

ओली समूहका स्थायी समिति सदस्यसमेत रहेका थापाले सरकारले गरेको निर्णयलाई अदालतले सदर गर्ने दाबी गरे। ‘अदालतले छिटो फैसला सुनाओस्,’ उनले भने, ‘अदालतले छिटो फैसला सुनाए समयमै चुनाव हुन्छ।’ अहिले नेपाली कांग्रेसदेखि अन्य दलहरु चुनावी तयारीमा जुटेकाले चुनाव हुन्छ हुँदैन भन्ने कुरामा आशंका नगर्न उनले अपिल गरे। सरकारले पनि निर्वाचनको आवश्यक तयारी गरिरहेको उनले जनाकारी दिए।

माधवकुमार नेपाल र पुष्पकमल दाहाल ९प्रचण्ड० फुटको पक्षमा भएको आरोप लगाए। ‘माधव, प्रचण्डहरु फुटवादी मानसिकतामा हुनुहुन्छ,’ उनले भने, ‘म एकताको पक्षमा भएकाले प्रधानमन्त्री ओली समूहमा रहेँ।’ साथै उनले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहप्रति सरकारको दुईखाले रणनीति भएको बताए। पहिलो प्रशासनिक नियन्त्रण र दोस्रोमा राजनीतिकरुपमा नियन्त्रण गर्ने सरकारको दोहोरो नीति भएको उनले जनाए। ‘हामी विप्लब समूहप्रति दोहोरो नीति लिएका छौं,’ उनले भने, ‘आशा छ उहाँहरु मूलप्रवाहमा आउनुहुन्छ।’

त्यस्तै कालीकोट जिल्ला सदरमुकाममा गरिएको सभालाई सम्बोधन गर्दै उनले अहिले राजनीतिक अस्थिरता पैदा गरिएको बताए। ‘प्रतिगामीको चलखेल पनि बढेको छ,’ उनी भन्छन्, ‘यसमा अवसरवादी कम्युनिस्टले साथ दिएका छन्।’ त्यसका विरुद्धमा लड्न जरुरी भएको बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close