जनआन्दोलनमा फालिएको राजा वीरेन्द्रको सालिक राखियो

कमल कुमार न्याैपाने
सुर्खेत १४, पुस ।
सुर्खेत बीरेन्द्रनगरको बीरेन्द्र्रचौकमा राजा बीरेन्द्रको शालिक राखिएको छ । राप्रपा निकट युवाहरुको समुहले २०६२।०६३ को जनआन्दोलनले फालेको राजा वीरेन्द्र विरविक्रम शाहको ७७ औं जन्मजयन्ती पारेर अर्धकदको शालिक राखिएको हो ।

२०४३ सालमा राजा वीरेन्द्र सुर्खेत घुम्न आएको बेला रानी ऐश्वर्यले शालिकको अनावरण गर्नु भएको थियो । २०६३ बैशाख महिनामा माओवादी निकट वाइसियलले राजा वीरेन्द्रको शालिक तोडफोड गरी हटाएका थिए । लामो समयदेखि एक पक्षले राख्नु पर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै बीच आज शालिक राखिएको हो ।

वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक राखिएसँगै स्थानीय नागरिक खुसी भएका छन् । राजा वीरेन्द्रकै सम्झनामा नामाकरण गरिएको नगरमा वीरेन्द्रको शालिक राखे पछि स्थानीय उत्साहित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close