राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदारी

रमेश कुमार पाण्डे
सुर्खेत, २० पुस ।
राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत)नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गर्नु भएको छ । यस्तै, नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदबहादुर माझि (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख÷उप–प्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको प्रमुख निर्वाचन अधिकृत डा।राजेन्द्रकुमार आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close