सुर्खेत ६, पुस । एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा आएको छ । मंसिर १० गतेदेखि धावनमार्गको मर्मतका लागि बन्द गरिएको विमानस्थल आजबाट सञ्चालनमा आएको हो । धावनमार्गको मर्मत सकिएसँगै आजबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरुले नियमित उडान गरेका छन् ।