प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसला आउने सम्भावना

संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ ।

गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार टुंगिएको थियो ।

निवेदक, सरकारी वकिल, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी, सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायी, एमिकस क्युरी हुँदै निवेदनको जवाफी बहस सुनेर इजलासले आजका लागि पेशी तोकेको हो ।

सो मुद्दामा पक्ष, विपक्ष, एमिकस क्युरीसहित ८२ जनाले आफ्नो तर्क राखेका थिए । ती बहसका तर्क, तथ्य, पेश भएका नजिर, विदेशी सन्र्दभ सामग्री र बहस नोट न्यायाधीशले अध्ययन गरेका छन् ।

अघिल्लो पटकको विघटन मुद्दाको क्रममा पनि संवैधानिक इजलासमा बसेका न्यायाधीशलाई तीन दिन घरमै बसेर अध्ययन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close