धनुषामा बम विस्फोट, २ जनाको मृत्यु,

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा बम विस्फोट हुँदा २ जनाको मृत्यू भएको छ भने चार जना घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो साथै मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close