कमल संघर्षका गजलहरु: कार्यक्रम स्रष्टासँग

आजको कार्यक्रममा हामीहरुले गजलकार कमल संघर्षलाई स्रष्टासँग कार्यक्रममा अतिथिका रुपमा लिएका छौ ।
२०७० सालमा काठमाडौँमा राष्ट्यि गजल महोत्सव आयोजना भयो। सोही कार्यक्रममा गजल वाचनका लागि कमल पहिलो पटक काठमाडांैै पुगेका थिए। सो महोत्सवमा उनले पनि गजल वाचन गरे र धेरैले रुचाउँदा परिचय फराकिलो बन्दै गयो। सोही सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ मा पनि कमलका गजलहरुले स्थान पाए। प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन समारोहमा संघर्षले गजल वाचन गरे र कार्यक्रममा उपस्थित धेरै दिग्गज श्रष्टाले पनि उनजको गजल र बाचल शैलीको तारिफ गर्न भ्याए।
२०७१ सालमा सामाजिक सञ्जालमा अन्तराष्ट्यि गजल प्रतियोगिता हुँदा कमलले पनि सहभागिता जनाउन पाए। प्रतियोगितामा देशभरिबाट ३ सय ५२ जनाले गजल पठाएकोमा कमल संघर्षको गजल पहिलो भयो। यी र यस्तै कार्यक्रमहरुले कमलको राजधानीसँगको निकटता पनि बढाउँदै लग्यो र लेखकहरुसंगको चिनजान अनि लेखनी पनि बढ्दै गयो।
हाल आएर सामाजिक सञ्जाल लगायत साहित्यीक कार्यक्रम उनी विना शुन्य जस्तै भएका छन् । यसै क्रममा आज हामीलाई स्रष्टासँग कार्यक्रममा उनीसँग कुराकानी गरेका छौं ।

https://youtu.be/lLamk54OeFM

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close