एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व ः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताउनु भएको छ । उहाले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताउनु भयो ।

मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताउनु भयो ।
यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उहाको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close