हिंसाको प्रतिरोध गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम

पञ्चपुरी (सुर्खेत), १ चैत्र
पञ्चपुरी नगरपालिकावडा नं. ५, बाबियाचौरमा २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिम कार्यक्रमको आज उद्घाटन गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन शत्रको प्रमुख अतिथिमा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र बहादुर थापा, विशेष अतिथिमा नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख पवित्रा गौतम र नगरपालिकाको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख तुल्सि के.सी.ले गर्नु भएको थियो ।
नगरप्रमुख उपेन्द्र बहादुर थापाले पञ्चपुरी नगरपालिकामा महिला बालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको पस्थितिमा किशोरीहरुको कमजोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीहरको डर हटाई आत्मविश्वासि बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न यो तालिमले किशोरीहरुलाई सक्षम बनाउने विश्वास रहेको बताउनु भएको छ ।

महिला बालबालिका शाखाका प्रमुख पवित्रा गौतमले नगरमा यस्ता खाल्का किशोरीहरुको क्षमता विकास गराउने तालिमहरु आवाज संस्थाले गरेर ज्यादै प्रशंसनीय कार्य गरेको र यस्ता कार्यक्रमहरु आगामी दिन गर्न पञ्चपुरी नगरपालिकाको महिला तथा बालबालिका शाखा तत्पर रहेको बताउनु भएको थियो । युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख तुल्सि के.सी.ले समुदायमा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाहरु बढि रहेको अवस्थामा तालिममा सिकेका कुराहरु किशोरीहरुले समुहमा र विद्यालयमा शुक्रबार पढाई पछिको कक्षामा छलफल गरेर सबैलाई जानकारी गराउदां अझै तालिमले सार्थक्ता पाउने विचार राख्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । तालिम कार्यक्रमको सहजिकरण सुर्खेत जिल्लाको आशा सञ्जालको पूर्व अध्यक्ष सजना सुनार, राष्ट्रिय किशोरी सञ्जालको सदस्य प्रतिमा के.सि.ले गर्नु भएको छ ।
आवाज संस्थाको आयोजना र टिजिएच जर्मनीको सहयोगमा सञ्चालित यस तालिमले किशोरीहरुलाई अधिकारको संरक्षण गर्दै यौन शोषण, दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफुलाई सुरक्षित गरि आत्मरक्षा गर्ने भन्ने सीप किशोरीहरुलाई सिकाएर थप सशक्त, सक्षम र आत्मविश्वस वृद्धि गराउन यो तालिमको आयोजना गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्कीले जानकारी दिनु भयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close