साहित्यकार बस्ताकोटीको “बिर्सियौ कि सम्झना छ अझै” सार्वजनिक

राजु कोइराला
बैशाख १०, नर्थ क्यारोलाइना, अमेरिका
साहित्यकार डा. ऋषि बस्ताकोटीको शब्द रचना रहेको “बिर्सियौ कि सम्झना छ अझै” गीत सार्वजनिक भएको छ । साहित्यकार बस्ताकोटीको शब्द रचनामा राजेश थापाको सङ्गीत र गायक दिल सर्मांगी मगरको स्वर रहेको छ। पुराना रुमानी प्रेमका कथा सम्झाउने खालको प्रेमिल गीत “बिर्सियौ कि सम्झना छ अझै” द टच क्रियसनको युवटुव च्यानलबाट सार्वजनिक गरेको हो ।
गीतको सङ्गीत संयोजन र ध्वनि मिश्रण राजु कार्कीले गरेका छन् भने काठमाडौँको किंग्स स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ्ग चाहीं सुरेश राइले गरेका हुन्।
एउटा प्रश्न, थियौ तिमी दिलमा, चेरी फुल्दा लगायत गम्भीर भावका गीतका रचनाकार बस्ताकोटीले यस गीतमा चाहीं डांडापाखाका ग्रामीण परिवेश र सरल बिम्बहरुको प्रयोग गरेका छन्।
सुगम संगीतका दर्जनौ गीतमा संगीत गरिसकेका संगीतकार राजेश थापाले यस गीतमा चाहिं लोक र आधुनिक मेलोडीको समिश्रण गरेर सर्वसाधारणले सजिलै गुन्गुनाउन सक्ने र गाउन अनि नाच्न मिल्ने गरी संगीत संयोजन गरेका छन्।
गीतकार बस्ताकोटीका अनुसार स्रोताहरुले श्रुति मिठासपूर्ण यो गीतमा कहीं न कहीं आफुलाई भेट्टाएको अनि सुनेर नोस्ताल्जिक भएको प्रतिक्रिया दिएको छन्। युट्युब लगायत स्पोटिफाइ, आइट्युन्स, एपल म्युजिक लगायत विभिन्न प्ल्याटफर्महरूमा यो गीत संसारभर उपलव्ध छ।

गीतका लागि यहाँ क्लिक गर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close