१३२ केभी प्रसारण लाइनकालागि प्रधानमन्त्री देउवा समक्ष ज्ञापनपत्र पेश

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लगाएत आसपासका जिल्लाहरुमा भैरहने विद्युत समस्याका बारेमा आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाइएको छ ।

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, कर्णाली स्वयम सेवकदलका सचिव अनिल ढकाल तथा दलका प्रवक्ता धर्मराज आचार्यको संयुक्त टोलीले आज प्रधानमन्त्री देउवा समक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा विद्युतका कारण कर्णालीका आम नागरिक उद्योगी व्यावसायीलगाएत सबै जनताले दुःख पाएको उल्लेख गरिएको छ । १३२ केभी प्रसारण लाइनकालागि ठेक्का भएपनि राष्ट्रिय निकुञ्जसंगको प्रक्रिया लम्विएको कारण कर्णालीको दुःखमा चासो राखिदिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले चाँडो पहल गर्न निजि सचिवालय मार्फत अगाडी काम बढाउने आश्वाशन दिनुभएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०८० को कार्तिक सम्ममा १३२ के भी प्रसारण लाईन सुर्खेत अाउने भएकाे छ । सुर्खेत उद्योग बाणिज्य संघले त्यही प्लानिङ्गमा नेपाल सरकारका वन मन्त्री, मन्त्रालयका सचिव र आरक्षणको डि सँग र आयोजना प्रमुख रबि चौधरीसङ्ग दैनिक भेटवार्ता भएकाे बताउनु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close