एनएमबि लघुवित्तका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

सुर्खेत,९ चैत । एनएमबि लघुवित्तले कर्मचारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिएको छ ।
वित्तीय संस्था लिमिटेडको तीन वटा प्रदेश कार्यालयहरु लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिमप्रदेश अन्र्तगतका शाखा तथा उपशाखा कार्यालयहरुमा कार्यरत फिल्ड कर्मचारीहरुलाई तीन दिने कर्मचारी क्षमता अभिबृद्धि तालिम दिएको हो ।

तालिम चैत ६ देखि ८ गतेसम्म तीन दिन कोहलपुरमा संचालन भएको  थियो । क्षमता अभिबृद्धि तालिममा आफ्ना भनाई राख्दै बित्तीय संस्थाका बित्त तथा योजना विभाग प्रमुख ललित किशोर भट्टले जसरी खिया लागेको हतियारमा धार लगाउदाँ हतियार धारिलो भई काम गर्न सहज हुन्छ त्यसरी नै कर्मचारीहरुलाई समय सापेक्ष दिने यस्ता क्षमताअभिबृद्धि तालिमले क्षमता विकास हुने बताए ।

तलिमका अन्य सहभागीहरुमा संस्थाको जोखिम व्यवस्थापन विभागमा कार्यरत कर्मचारी रामबहादुर बजगाई, प्रदेश प्रमुखहरु लंक बहादुर बम र योगेन्द्र जिसीले तालिममा सहभागी फिल्ड कर्मचारीहरुलाई वित्तीय अनुशासन कायम गरी गुणस्तरिय र प्रभावकारी बित्तीय सेवा कसरी प्रदान गर्ने,कर्जा प्रक्रिया, संस्थाका कानुनी कागजातहरु तयार, भाखा नाघेको कर्जाको उचित व्यवस्थापन कसरी गर्ने र नयाँ तथा परिमार्जित कार्यविधिहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

उक्त तालिमको सहजिकरण संस्थाको कर्णाली प्रदेशका प्रदेश प्रमुख लंक बहादुर बमले गरेका थिए ।
नेपाल भर १०८ वटा शाखा संजाल भएको वित्तीय संस्थाले योजनावद्ध रुपमा समय–समयमा आफ्ना कर्मचारी तथा ग्राहक सदस्यहरुलाई क्षमताअभिबृद्धि र सिपमुलक तालिमहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close