पराजित भएपनि व्यवसायीको हकहितमा प्रतिवद्ध रहनेछु ःखड्का

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा पराजित भएपनि व्यवसायीहरुको हकहितमा प्रतिवद्ध भएर लाग्ने हर्षविक्रम खड्काले प्रतिवद्धता गर्नु भएको छ ।
संघको नयाँ नेतृत्वमा लक्ष्मण कँडेलसँग ४८ मतले पराजित भएपछि खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै सुर्खेतको समग्र निजिक्षेत्रको समस्या, बिकास र समृद्धिमा म र मेरो टिम निरन्तर लागिरहने उहाँले बताउनु भयो ।

संघको १३ औं कार्य समितिको लागि भएको निर्वाचनमा मेरो नेतृत्व बृहत लोकतान्त्रिक गठबन्धन साझा व्यवसायिक समुह निर्वाचनमा होमिए पनि उद्योगी व्यवसायीहरुलाइ एकतावद्ध गरेर निर्वाचनमा जाँदा लोकतान्त्रिक पद्धतीमा हार जीत स्वभाविक प्रक्रिया भएको खड्काले उल्लेख गर्नु भएको छ ।
व्यावसायिक एकता र समृद्धिको लागि संस्था भित्र रहदा वा नरहँदा पनि सेवामा निरन्तर रहने उहाँको भनाई छ । टिमलाई बिश्वास गरेर आफ्नो अमुल्य मत जाहेर गर्नुहुने सिम्तादेखी लगामसम्मका मतदाताहरुलाई खड्काले धन्यवाद समेत दिनु भएको छ । उहाँले नव निर्वाचित अध्यक्ष लगायत विजयी टिमलाई बधाई दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close