![](https://guraskhabar.com/wp-content/uploads/2022/05/280512983_1673219439702993_4393822854751837159_n.jpg)
सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। अध्यक्षमा काँग्रेसका भीमबहादुर भण्डारी र उपाध्यक्षमा लक्ष्मी पुन मगर निर्वाचित भएका छन्।
भण्डारीले ४ हजार २७३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका घनश्याम पाण्डेले ३ हजार ५५५ मत ल्याएका छन्। माओवादीबाट उम्मेदवार ईश्वरभक्त सुनारले २ हजार ८९८ मत ल्याएका छन्।
उपाध्यक्षमा निर्वाचित काँग्रेसकी पुनमगरले ४ हजार ३०१ मत ल्याएकी छन्। एमालेकी उम्मेवार दुर्गाकुमारी विष्टले ३ हजार ५९९ र माओवादीकी भूमिसरा टोमटाले २ हजार ७८३ मत ल्याएकी छन्।