नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक समय सारियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सारिएको छ ।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close