सन्दीप लामिछानेको निवेदनमा सुनुवाइ सुरु

क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट बिहीबार सर्वोच्च अदालतमा आईसीसी विश्वकप डिभिजन लिग–२ खेल्न दुबई जान पाउनु पर्ने माग गर्दै सन्दीपको पक्षबाट बहस सुरु भएको छ ।
बिहीबार लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा निवेदन दायर भएको थियो । निवेदनमा प्रारम्भिक सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुरु भएको छ ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ । उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।
उच्च अदालत पाटनले भने जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । रिहाई पछि सन्दीप काठमाडौंमा आयोजित विभिन्न क्रिकेट खेलमा सहभागी भएका थिए ।
उच्च अदालतले लामिछानेलाई देशबाहिर नजाने शर्तमा धरौटीमा रिहा गरेको थियो । लामिछानेले उच्चको ती शर्त विरुद्ध सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close