जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँः मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा आज आयोजना गरेको मुख्यमन्त्री र प्रदेश सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भक्तपुरको आवश्यकता पहिचान गरेर विकासका योजना माग गर्न आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो ।
“प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ, चालू आर्थिक वर्षमा लागू गर्ने गरी प्रदेशसभाले कानुन बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ”, उहाँले भने ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल मध्यपुरथिमि नगर सभापति एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले जिल्लाको विकास तीव्र गतिमा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close