
खुमबहादुुर वली
सुर्खेत ६ चैत्र ।
खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको फियान नेपालले खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई प्रस्तावित मस्यौदा बुुझाएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा फियान नेपालका केन्द्रिय अध्यक्ष अमरबहादुर ऐरले मन्त्री के.सीलाई नमुना मस्यौदा बुुझाउदै विकट तथा पिछडिएको क्षेत्रमा गरिवी र भोकमरीले गर्दा खाद्य तथा पोषणको अभाव झेल्न नपरोस भने फियानले खाद्य अधिकार तथा सम्प्रभुुता सम्बनिध नियमावली पेश गरेको बताउनु भयो । उहाँले नमुना मस्यौदाले खाद्य तथा पोषण सुरक्षाका योजना तथा नियमावली बनाउनमा नमुना नियमावलीले सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा फियान नेपालका केन्द्रिय अध्यक्ष अमरबहादुर ऐर, फियान नेपालका निर्देशक अशोक बहादुर सिंह, फियान नेपालका क्षेत्रीय संयोजक सुरेश गौतम, कर्णाली प्रदेशका वादी समुदायका प्रतिनीधि, जिल्ला खाद्य अधिकार संजालका जिल्ला संयोजक जगत कुमार केसी, जिल्ला भूमि अधिकार मञ्च सुर्खेतका अध्यक्ष राजेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।