नेकपामा इमान्दारको मुल्याङ्कन कहिले हुने ?

चुडामणी गर्पने

उकाली ओराली भन्ज्याङग चौतरी अनि ति कहाली लाग्दा दिनहरु केही राम्रा धेरै दुःख पिडा केही हर्ष पनि मेरो प्यारो

लेखक:- चुडामणी गर्पने

जन्मभुमि गर्पनबाट कमरेडहरुको सम्झना स्वयम मेरो कम्युनिष्ट हुनुको कारण लेखमार्फत सम्प्रेषण गर्न चाहान्छु । आजभोलि कम्युनिष्ट भन्नेहरु सडकहरुमा पाईने बदाम सुन्तला जस्तो जहाँ पनि पाईने जसले पनि खोल्स्याउने इमान्दार कमरेडहरु महाभारतको युद्धमा अर्जुनको हजारौ बाँड खाएर पनि भिष्म पिताम्ह अर्जुनकै भलो चिताए जस्तै पाटीप्रति बफादार भएको अवस्था छ । तर आजभोलि कौरव प्रवृतिका सधै नशामा देखिनेहरु पाटी प्रति वितृष्णा शृर्जन गर्ने सकुनी मामा जस्तै चम्चा लगाएर इमान्दार नेताकार्यकर्ता पाखा लगाउने कामको परिस्थिति बर्तमानको विद्यमान अवस्था हो ।

मेरा अनुवाईको प्रेरणामा कम्युनिष्ट गुरु निर्मल ढकाल, कालिप्रसाद आचार्य, माधव ढकाल, रामबहादुर दर्लामी, डम्मर तिवारी, खगेन्द्र वली मेरो दाजु डिलाराम चपाई आदी मात्र मध्ये खोई पाटी हुनुको गौरव । पंचायतको प्रधानपञ्च भएर विद्रोह गरेका निर्मल ढकाललाई क्षेत्रीय सदस्य नबनाइए सनत आचार्यलाई क्षेत्रीय सदस्य बनाउने काम त्यो वेलामा पनि निर्मल ढकाललाई अन्याय गरिएको थियो । त्यो संगै झुप्रा पारीको एउटा उदयमान ताराको विलय भएको हो । नेकापा एमालेले त्यति बेला अमृत विसी, हर्ख राना, बखत खत्री, चनद्रलाल आचार्यलाई पनि पार्टी आवश्यक नेता तथा जिम्मेवारी पुरा गर्न रोजीरोटीमा लागेका साथीहरुलाई जागिर छोड्न लगाएर आज बल्लो घाट न पल्लो तिर बनाएको छ । के यो अमृत विसी लगाएतकालाई न्याय गरेको हो ?
२०६२/०६३ को आन्दोलन होस् वा आमसभा होस् आदी कर्यक्रमको अगुवाई आजसम्म पनि झुप्रा पारीका नेता कमरेडहरुको अतुलनिय योगदान रहेको छ । के गणेश ओली, कुमार ढकाल, स्व.यामलाल कडेल, अमृत विसी, बखत खत्री, हर्ख राना, डम्मर तिवारी, माधव ढकाल, कालीप्रसाद आचार्य, खगेन्द्र थाप, लिलाराम ढकाल, रामबहादुर दर्लामी मध्येबाट कार्यकारी भुमिका दिन यो महाभारत अमृत विसी, गणेश ओलीको जुलुुस आयो भनेर बजार भरिन्छ भन्ने भनाईको आजभोली त्यो कुरा गौण छ । झुप्रा पारीबाट नेकपा एमालेमा परिवार त्यागेर पाटीमा लाग्ने लक्ष्मी शर्मा तत्कालिन गढी गाविसबाट क्षेत्रीय सदस्य होस् हिजो महिलाको नेतृत्व गरि नेकपालाई सम्मानजनक अवस्थामा पु¥याउने लक्ष्मी शर्माको त्योबेला नेकपा एमाले बचाई राख्न चानचुने कसरतले त्यो भएको थिएन । ढकालबाट थिरबहादुर ढकाललाई नेपाली कांग्रेसको वडाध्यक्ष उठाए यसको विरुद्ध ढकाल परिवारबाटै निर्मल ढकाल नेकपा एमालेले उठायो ।

मेरो दाजु देविलाल चपाईकि धर्मपत्निलाई नेपाली कांग्रेसले सदस्यमा उठायो । फेरी देविलाल चपाईको छोरा टंकप्रसाद चपाईलाई हामीले नेकपा एमालेको वडा सदस्यमा उठायौ । कासिराम गौतमलाई नेपाली कांग्रेसले वडा अध्यक्ष उठाउदा उनकै दाजु लिलाराम गौतमलाई कांग्रेस परित्याग गराई हामीले नेकपा एमालेको वडा अध्यक्ष उठायौ । आज त्यो अवस्थामा पार्टी प्रति योगदान गरेका कमरेडहरुलाई गलहत्याउदा तितो चसक्क हुने कुरा असाधारण होईन ।
माननिय यामलाल कडेल पहिलो माननिय हुदा गर्पनमा नेपाली कांगेस जसवेला त्यो पाटीको उग्र क्रियाकलापको विरुद्धमा वोल्दा मैले पिटाई समेत खाएको छु । सकुनी मामाहरुले मलाई कांग्रेस देख्छन् जसबेला बालाराम शर्मा मेयर हुनुहुन्थ्यो त्यो बेला मलाई कांग्रेसहरुले मुद्धा चलाएर हाम्रो परिवारमा चलखेल गरिरहेको थियो । तर त्यो बेला नेकपा एमालेमा एकता थियो । जसले गर्दा म लगाएतका कमरेडहरुलाई पाटीबाट रक्षा भएको थियो । मेरो र नेकपा जिल्ला कमिटीका अध्यक्ष हालकासम्मका अध्यक्षा तथा माननिय धुव्र शाही सर स्वयम माननिय यामलाल कडेल ज्यु संग भनाभनि भएको पक्कै हो । तर अध्यक्ष निर्मम भएका हुनुहुन्छ । तर माननिय यामलाल कडेलले त्यसलाई ठुलो रुपमा लिनु भएन कारण मेरो १० बर्षे जनयुद्धको बेलाम कपडाको पसल थियो त्यो पनि गाउमा डुलाएर बेच्ने गर्दथे जसबेला मेहलीमा तत्कालीन नेकपा माओवादीका कामरेडहरुले मलाई कर नदिए ढुलाएर कपडा बेच्न पाउदैस् भने मैले नगद तिर्न नसके पछि मेलिको मामा जगत ढकालबाट खसि उधारो मागि सत्तालाई चन्दा स्वरुप दिए त्यस पछि झनै मलाई चुनौति थपिदै गयो । यावत रुपले मैले सामग्रीहरु उनीहरुको चिटको भरमा दिने गरे ।
जनयुद्धको समयमा गर्पन वस्न परिस्थितिले दिएन र २०५७ फागुन १५ गते म नेवारे गुप्तीपुर बसाई सरि आए । त्यसै क्रममा राजाले सासनसत्ता आफनो हातमा लिएपछि २०६२/०६३ को आन्दोलनको उपलीव्धी पछि सान्ति सम्झौता भएर सान्ति समितिको कार्यालय सुर्खेतमा भयो र जनयुद्धका घाईते तथा सम्पति हिनामिना भएका नागरिकलाई राज्यबाट क्षेतिपुर्ति दिने हो रे भनेपछि मैले पनि शान्ति समितिको कार्यालयमा तीन चोटी निवेदन र विगो समेत पेस गरेको अवस्थामा अध्यक्ष कमरेड धुब्र शाही शान्ति समितिमा हुनुहुन्थ्यो । पहिलो चरणको सम्पति क्ष्यतिको रकम भनेर रु ६५ हजार शान्ति समितिले रेकर्ड देखाएको थियो । तर हाल सम्म पनि मैले कुनै क्षतिपुर्ति पाउन सकेको छैन् ।

त्यहि कुरामा मेरो र माननिय धुब्र सरसंग भनाभन भएको साँचो हो । त्यसपछि मेरो घरमा अर्को बज्रपात भएको थियो । मेरो श्रीमतिलाई स्वास नलिमा मासु पलाएर भारतको लखनउमा उपचार गराउन पुगे त्याहाँ रोग त पत्ता लाग्यो तर खर्च २० लाख नेपाली मागेपछि माननिय धु्रवसरलाई फोन गरे चितवन क्यानसरमा उपचार केहि सस्तोमा हुने भएपछि धुब्र कमरेडले चितवनको पाटी अध्यक्षलाई भनिदिएको छु तपाई नेपाल आउनुस भन्नुभयो । र म चितवन गए तर धुव्र सरले भनेका अध्यक्षले मेरो कुरा खाएनन् । त्यसपछि मैले यामलाल सरलाई फोन गरे सरले चितवन क्यान्सरमा हाम्रो कुरा सुन्ने डा. देज गौतम भेट भन्नुभएको अनुसरा डेज गौतमलाई भेटे तर उहाबाट पनि सम्भव नभएपछि पुनः म चितवनको चौविसकोटी अस्पतालमा पुगे । त्यहा उपचार सम्भव छैन भन्ने सुनेपछि मैले ध्रुव कमरेडलाई तुछ सब्द बोलेकै हो । तर त्यो भन्दा धेरै यामलाल सरलाई भने तर उहाबाट मेरो पिडाको बोली मानेर माफि गरिदिनुभयो । तर मेरो श्रीमतिको उपचार हुने कुराको टुङगो लागेन ।

मैले मन्त्री हृदयराम थानीलाई फोन गरे तर उहाले मिटीङमा छु भन्नु भयो । त्यस पछि मैले सिता नेपालीबाट सहयोग हुने अपेक्षले उहालाई रुदै भने म तपाईको पाटीको हुन त होईन तर सुर्खेतको हु मलाई सहयोग गरिदिनुस् मेरा सबै बृतान्त रुदै सुनाए । तत्कालै सिता नेपालीले गगन थापालाई फोन गरि मेरो परिवारलाई जीवनदान प्रदान गर्ने माननिय सिता नेपालीलाई जन्मदिने आमाभन्दा प्यारो ठान्छु ।
समय क्रमले ०७४को स्थानीय चुनावमा वडा नं. १२ को वडा सदस्यको उमेदवारीसंगै म वडा सदस्य पनि भए मेरो रहर वडा सदस्यमात्र थिएन होला । तर सुनेको थिए कार्यपालिका सदस्य पनि मिल्छ तर बाहुन क्षेत्रीको समावेसीमा नपर्ने भएपछि जिल्ला समन्वय समितिमा उमेदवारी हुन ईच्छा थियो । तर त्यो उम्मेदवारी नेकपा एमालेका निम्त ओपचारीक मात्र थियो । मैले हार्ने सदस्यमा उमेदवारी होस् भनि अमृत विसी, गगन सुनारलाई अनुरोध गरे तर हार्ने ठाउँमा समेत मेरो नाम सिफारिस नभएपछि मैले फेसबुक मार्फत जिल्ला कमिटीलाई निकम्वा भनेको हो तर यही कुरालाई लिएर मेरो उपस्थिति विना नक्कली कम्युनिष्टहरुले कार्वाहीको हवाला दिए । कम्युनिष्ट पार्टीमा कार्वाही हुनु भन्दा अगाडी स्पष्टिकरण सोध्ने चलन छ । त्याहाँ चित्त बुझ्दो जवाफ नपाएपछि तत्तत कमिटी मार्फत अनुमोदन भएर के कार्वाही हो, कति सम्म हो वा साधारण सदस्य समेत नरहने गरि हो तवमात्र कम्युनिष्ट पार्टीको विधान वमोजित हुन्छ ।
गैर सदस्यलाई वोलाई अध्यक्षको उपस्थित विना कार्वाहीको विगुल फुकियो मैले आफ्नो कमिटीमा आफ्ना कुरा राख्न समेत पाएन यो कहाँको हिटलर शैलि हो । म नेकपा एमाले शाखा कमिटी साविक १२ को अध्यक्ष हुदा संगठित सदस्य संख्या ३३ थियो । तर मेरो कार्यकालमा सदस्य संख्या बढेर करिब २५० भएको थियो । ११, १२ मिलेर बनेको वडाको पाटीको अध्यक्ष मलाई कसैले ललिपप दिएका थिएनन् होइन भने संगठन प्रतिको र पाटीप्रतिको भुमिकाको त्याहाको जनताले मुल्याङ्कन त्यसै गरेको होईन होला ।
म झुप्रा वृहत खानेपानीमा २ कार्यकाल नयाँ मान्छे भुमिका विनाको अनुमोन भएको होइन होला तर याहा त्याग भन्ने मिठो शब्द वजारमा सस्तै पाईन्छ । त्याग के हो आफ्ना अवसर पुरा गरेर हाम्ले बनाएको संगठनमा तिमि केही होईनौ भनेर धावा बोल्ने एक हातमा पेन्सन पट्टा अर्को हातमा पाटी सदस्य देखाएर हात्तिलाई नाग्लो ठटाएर तर्साउन खोज्नेहरुको कमि छैन ।
झुप्रा वृहतमा कुलमणि देवकोटाले विपक्षीसंग सामना गरेर नेकपा एमालेको साग जोगाएको नदेख्ने दुधदिने गाईले लात्ति हानेको सहन नसक्ने सकुनीमामाहरु मैले मेरो परिवार गुमाएको पिडा छ दोन्द्धकालदेखि हालसम्म मेरो दाजु डम्मर चपाई बेपत्ता हुनुहुन्छ ।

खोई हाम्रो न्याय गर्पन हुदा हाम्री बैनी त्याहाका कांग्रेसहरुले अपहरण गरि रातारात गढी पु¥याए तिनीहरुको चंगुलबाट वैनीलाई फुत्काई आज तिनको राम्रो घरवार बनाएका छौ । अहिलेको जस्तो कानुन हुन्थ्यो भने हामी माथि पक्कै न्याय हुने थियो । तर यति सम्म कांग्रेसहरुको पिडा सहदा पनि मलाई कांग्रेस ठान्ने मेरो आफ्नै भागि विवाह भएको थियो त्यो बेलामा पनि कांग्रेसहरुले मलाई निकै कष्ट दिए । त्यो पनि राजनितिक आस्थाको कारणले ।
कम्युनिष्टमा जब सम्म कामको मुल्याङ्कन हुदैन तवसम्म यो गुठबन्दी रहीरहन्छ । वीरेन्द्र १२ मा जसले नेकपा एमालेको सक्षा गरेर पाटी बचई राखे तिनैकै विरुद्ध सकनीहरु निर्मम तरिकाले लागेको अवस्था छ । अब यसको अन्त्य हुन जरुरी छ । त्यसैले पाटीले जागिर छुटाएर पाटीको काममा ल्याएका साथिहरुलाई उचित स्थान र आत्मसन्तुष्टि हुनेकाम गरोस् ।

# गर्पने 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close