चिसोले पश्चिमतराईको जनजीवन प्रभावित

 

रुपन्देही । दुई दिनयता पश्चिमतराईमा चिसो बढेको छ । चिसो बढेसँगै सर्वसाधारणहरू सडक, चोकहरुमा आगोको सहारा लिन थालेका छन् ।

हुस्सुका कारण रुपन्देहीको भैरहवा विमानस्थल र बाँकेको नेपालगन्जस्थित विमानस्थलमा आइतबारदेखि नियमित हवाइ उडानसमेत अवरुद्ध भएका छन् ।

भैरहवास्थित गौतम बुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवामा सोमबार यो यस वर्षकै न्यूनतम तापक्रम रहेको छ ।
अन्य बेला भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा बिहानै साढे ८ बजे विमान उडान र अवतरण गर्न सुरु हुन्थ्यो । गौतम बुद्ध विमानस्थलबाट दैनिक कम्तीमा २२ वटा उडान हुँदै आएको छ । जसमध्ये, भैरहवा(पोखरा २, भैरहवा(विराटनगर १, भैरहवा(भरतपुर १ र अन्य भैरहवा(काठमाडौं बीच छन् ।

भिजिबिलिटी कम हुँदा उडान प्रभावित बनेको बताइएको छ । विमानस्थल खुल्नका लागि १ हजार ६ सय मिटरको भिजीविलीटी आवश्यक पर्छ ।

जाडोको समयमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई विशेष ध्यान दिन फिजिसियन डाक्टर नन्दु पाठकको सुझाव दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close