
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरले चुनाव चिह्न पाएका छन्। स्थानीय निर्वाचन २०७९ का लागि वीरेन्द्रनगरको मेयर र उपमेयरमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार छन्।
उनीहरूमध्ये मेयरका उम्मेदवार भीमप्रसाद शर्माले ‘धारा’ चुनाव चिह्न पाउनु भएको छन् भने अर्का उम्मेदवार उमानन्द पंगालीले ‘मुढा’ चुनाव चिह्न पाउनु भएको छ।
यस्तै, उपमेयर पदका उम्मेदवार अनिल ढकालले पनि ‘मुढा’ चुनाव चिह्न लिनु भएको छ । उपमेयरका अर्का उम्मेदवार भोजप्रसाद चपाईले ‘गुलाबको फूल’ चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारलाइ आज चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन आयोगको कार्यातालिका रहेको थियो ।