नतिजा प्रकाशन एवम पुरस्कार वितरण कार्यक्रमको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत २१ चैत्र ।
वीरेन्द्रनगर ११ पिपिराको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलले बार्षिक नतिजा प्रकाशन एवम पुरस्कार वितरण कार्यक्रमको अवसरमा अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नतिजा प्रकाशन गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो । विद्यालयले सोहि अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । प्रसंशा हस्पिटल पिपीरासँगको सहकार्यमा विद्यालयमा भएको स्वास्थय शिविरमा ३ सय ९१ जना अभिभावको स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षण प्रसंशा हस्पिटल पिपिरा सुर्खेतमा कार्यरत डा. सरोज गिरी, डा. सोनाइ चौधरी, र डा. संजिव महतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close