गुर्भाकोट नगरपालिकाले ल्यायाे ६४ करोड ३७ लाख ५५ हजारको बजेट (भिडियाे सहित)

गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ३७ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
विहिबार भएको नवौं नगरसभामा उपप्रमुख मैना विकले चालुतर्फ ११ करोड २९ लाख ५ हजार र पूँजीगत तर्फ १९ करोड १२ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गर्नुभयो । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट संशोधन सहित ६२ करोड ३४ लाख १५ हजार रुपैयाँ रहेको छ ।
नगरपालिकाले प्रस्ताव गरेको बजेट र खर्चको प्रस्तावमा भने नेपाल सरकारबाट वित्तिय समानीकरणबाट १४ करोड २४ लाख, राजस्व वाडफाडबाट १० करोड ८२ लाख ५८ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ९० लाख, कर्णाली प्रदेश वित्तिय समानीकरण मार्फत १ करोड ५६ लाख ८४ हजार, राजस्व वाडवाफ तर्फ सवारीसाधन कर १७ लाख ४८ हजार, समपुरक अनुदान १ करोड २० लाख, सर्शत अनुुदान १ करोड ९० लाख ७५ हजार, विशेष अनुदान २० लाख तथा आन्तरिक आय १ करोड ५२ लाख ९० हजारबाट पूर्ति हुुने बताइएको छ ।

नगर प्रमुख हस्त पुनले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका क्षेत्रलाई प्राथमिकता दिदै नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

गुर्भाकाेट नगरपालिकाकाे नवाै नगरसभा २०७८

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close