प्रतिनिधिसभा विघटनको सुर्खेतमा कालो पट्टी बाधेर विरोध (भिडियाे सहित)

सुर्खेत ८, जेठ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै नेपाली काँग्रेस सुर्खेतले विरोध गरेको छ ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनीधिसभाको विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन । त्यसैको विरोधमा नेपाली काँग्रेस सुर्खेतले असंवैधानिक कदम भन्दै विरोध गरेको हो ।
वीरेन्द्रनगरको नेपाली काँग्रेस पार्टी कार्यालयन नजिकबाट शुरु भएको विरोध ¥याली नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाधेर प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नु पर्ने भन्दै नारा लगाइएको थियो ।
नेपाली काँग्रेसका पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन् । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री विष्टले विरोध ¥यालीलाई संवोधन गर्दै संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन् । लोकतन्त्रको रक्षाका निम्ति नेपाली काँग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सक्ता र शक्तिको दुरुपयोग गरेको भन्दै सव एक जुट हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close