सहकारी सचेतना कार्यक्रम सम्पन्न

चैत्र १९, सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर ८, सुर्खेतले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बिहीबार वीरेन्द्रनगरमा आफ्ना सदस्यहरुका लागि सहकारी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
समय समयमा सदस्यहरुका लागि सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रमहरु आयोजना गर्दै आएपनि कोभिड १९ का कारण पछिल्लो समय लामो समयदेखि यस्ता कार्यक्रम हुन नसकेकाले सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि सहकारी सचेतना कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं भूमि व्यवस्था तथा सहकारी रजिष्टार कार्यालय कर्णाली प्रदेशका रजिष्टार राजु बस्नेतले वातावरण सहकारी कर्णाली प्रदेशको एक उत्कृष्ट सहकारी संस्था भएकाले राज्यको तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा सहकारी क्षेत्रलाई सफल पार्न संस्थाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले समय अनुसार सहकारी सम्बन्धी ऐन नियमहरु परिमार्जित हुँदै गइरहेको र सहकारी संस्थाहरु पनि मर्यादित हुनुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारी संस्थाहरुले आफ्नो क्षेत्रबाट राज्यलाई धेरै योगदान पु¥याएपनि राज्यले सहकारी क्षेत्रलाई केही गर्न नसकेको बताउनुभयो । उहाँले विपन्न वर्गबाट संचालिन सहकारीहरुबाट राज्यले करको भार बढी पारेर विपन्न वर्गहरुकै ढाड सेक्ने काम भएको भनाई राख्नुभयो ।
संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राख्नुभएको थियो भने भूमि व्यवस्था तथा सहकारी रजिष्टार कार्यालयका खेमराज आचार्य, जगतकुमार के.सी र देवेन्द्र सेजुवालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका ३५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close