सरकारबारे निर्णय गर्न रास्वपाको बैठक आज बस्दै

गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिंदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार निर्णय हुनेछ । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो । तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो ।
रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close