नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त हुनुभएको छ ।
अखिल नेपाल फुटबल संघ का महासचिव किरण राईले कटुवाललाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ ।
यस्तै एन्फाले राष्ट्रिय टिमको गोलकिपिङ प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ।
यसअघि एन्फाले मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई नियुक्त गरेको थियो।
भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए।
दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुने प्रधानमन्त्री थ्री नेसन्स कपअघि एन्फाले तीन नयाँ प्रशिक्षक भित्र्याएको हो।
कपमा नेपालले भुटान र लाओससँग सिंगल राउण्ड रोबिन ढाँचामा खेल्नेछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको टिकट सामान्य प्यारापिटको लागि रु ५०० र भीआईपी प्यारापिटको लागि रु एक हजार तोकिएको छ।
नेपालले उद्घाटन खेल चैत ८ मा लाओससँग खेल्नेछ। नेपाल र भुटानबीच चैत १४ गते हुने खेलअघि लाओसले चैत ११ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।
फाइनल चैत १७ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close