प्रधानमन्त्री निवासमा सुरु भयो सर्वदलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बहिस्कार गरेको छ ।
माधव नेपालले दर्ता गरेको पार्टीलाई आफूहरुले स्वीकार नगरेको बताउँदै एमाले अनुपस्थित भएको हो ।
बैठकमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बैठकबाट बाहिरिनु भएको छ । उहाँले आफू ‘अर्को कार्यक्रममा जानुपर्ने’ भएको प्रतिक्रिया संचारकर्मीलाई दिँदै बालुवाटारबाट बाहिरिनु भएको हो ।

बैठक केही बेरअघि सुरु भएको छ । बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ ।

संसदमा जारी गतिरोध हटाउनका लागि देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close