कोरिया समाजद्धारा स्वर्गीय रावलका परिवारलाई सहयोग

सुर्खेत,६ वैशाख । चौकुने गाउँपालिका–४ स्थायी घर भएका स्वर्गीय गगन रावलका परिवारलाई आर्थिक सहयोग गरिएको छ । सुर्खेत समाज दक्षिण कोरिया र कर्णाली प्रदेश समाज दक्षिण कोरियाको संयुक्त पहलमा सोमबार रावलको घरमैं गएर सहयोग गरेका हुन् । समाजको अगुवाईमा कोरियामा रहेका युवाहरुको सहयोगमा संकलन गरिएको २२ लाख रुपैयाँ सहयोग गरिएको छ ।

कोरियाको एजुमा ४ वर्ष १० महिनादेखि काम गर्दै आएका रावलको गत चैत १८ गते हृदयघातका कारण मृत्यू भएको थियो । ‘परिवारलाई केही राहत र दुःखमा मलमपट्टी लागोस भन्ने उद्देश्यले सहयोग संकलन गरेर हस्तान्त्रण गरेका हौं,’ सुर्खेत समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकालले भने, ‘हामी कोरियामा काम गरिरहेका युवाहरुको विशेष सहयोग र काम गरेर फर्किएकाहरुले आफ्नो गास कटाएर अप्ठारोमा पर्दै आएकालाई सहयोग गर्दै आएकाछौं ।’ आफुले छोरालाई गुमाएपनि कोरियामा रहेका सयौं छोराहरुको सहयोगले आफुलाई थप राहत भएको गगनका बुवा झंकर रावलले बताए ।

सहयोग हस्तान्त्रण कार्यक्रममा राहत संकलन समितिका संयोजक लोकेश खत्री, वडा अध्यक्ष नमराज जैसी, सुर्खेत समाजका सल्लाहकार कुलप्रसाद अधिकारी, राष्ट्रिय युवा परिषद्का सुर्खेत जिल्ला अध्यक्ष निरज भट्टराई लगायत कोरियन रिर्टन गु्रपका पदाधिकारीहरुको सहभागितामा सहयोग हस्तान्त्रण गरिएको हो । सुर्खेत समाजका अध्यक्ष बखत थापा र कर्णाली प्रदेश समाजका अध्यक्ष प्रकाश बस्नेतको टीमले सहयोग संकलनमा विशेष सहयोग गरेका थिए । सुर्खेत समाजका पुर्व अध्यक्षहरु तुलस गुरुङ, लक्ष्मी नारायण बस्नेत, वरिष्ठ सल्लाहकार आशाराम ढुंगाना र कोरिया स्थित नेपाली दुताबास लगायतका संघ संस्थाले रावलका परिवारलाई सहयोग गरेको हो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close