ब्राइटल्याण्ड आइकन अरुणा र अनुपम घोषित

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुल, वीरेन्द्रनगर ११ पिपीराले आयोजना गरेको ब्राइटल्याण्ड आइकल २०८० मा अरुणा रावत र अनुपम शाही घोषित भएका छन । विद्यालयले नतिजा प्रकाशनको अवसरमा नियमित रुपमा संचालन गर्ने गरी ब्राइटल्याण्ड आइकन आयोजना गरेको थियो ।
ब्राइटल्याण्ड आइकनमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गायन र नृत्य विद्यामा प्रतिस्प्रर्धा गरेका थिए । आज ब्राइटल्याण्ड आइकनमा नृत्यतर्फ अरुणा रावत र गायन तर्फ अनुपम शाही ब्राइटल्याण्ड आइकन घोषित भएका छन् ।
कार्यक्रममा नृत्य तर्फको प्रतियोगितामा प्रतिमा दाहाल द्धितीय, प्रीती विक तृतीय र सोमिया शाही सान्त्वना भएका छन । यस्तै गायत तर्फको प्रतियोगितामा आयुशा थापा द्धितीय, इक्षा पहराई मगर र रिप्पल जिसी सान्त्वना भएका छन् । प्रतियोगितामा ब्राइटल्याण्ड स्कुलका संस्थापक अध्यक्ष बालदिप कंडेल, विद्यालयका प्रिन्सिपल माधव भण्डारीले आइडल घोषित र उत्कृष्ट स्थान ल्याउने प्रतियोगिलाई पुरस्कार र सम्मान गर्नुभएको थियो । आइडलको निर्णायकमा कलाकार द्धय भीमबहादुर कार्की र खम्बराज गिरी रहनुभएको थियो ।May be an image of 8 people, people dancing and text that says 'tland nda Scho an'
विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुसार ब्राइटल्याण्ड आइकन आगामी बर्ष अन्य विद्याबाट समेत छनोट हुने छ ।

May be an image of 2 people and textआजै विद्यालयले बार्षिक परिक्षाफल समेत प्रकाशन गरेको छ । यस्तै विद्यालयले परिक्षाफल प्रकाशन भएकै दिन भर्ना हुने विद्यार्थीहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिएको छ । यही चैत्र २६, २७ र २८ गतेसम्म विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई भर्ना शुल्कमा क्रमश १५ प्रतिशत, १० प्रतिशत र ५ प्रतिशत छुट भएको प्रिन्सिपल भण्डारीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close