सुर्खेत उद्योग वाणिज्यको निर्वाचन २६ गते नगर्न उच्च अदालतको आदेश

सुर्खेत । यहीँ चैत्र २६ गते हुन लागेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । अदालतका कायममुकाय मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्षमा पुग्नु पर्ने उचित देखिएकाले तत्कालका लागि निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेका हुन् ।
अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यहीँ चैत्र २४ गते बोलाउन पेसी तारेख तोकिएको अदालतका उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले द जानकारी दिनु भयो ।

 

उहाँकाअनुसार निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु पर्ने होइन, जारी हुनुनपर्ने कुनै कारण, आधार र प्रमाण भए १५ दिनभित्र उच्च सरकारी वकील कार्यालयमार्फत पेश गर्न अदालतले आदेश दिएको छ ।
सुरेन्द्रकुमार मल्लले संघको निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गर्नु भएको थियो । संघको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ नेतृत्वको लागि चैत २६ गते निर्वाचन मिति तोकेर कार्यतालिका सार्वजनिक गरिएको थियो । असन्तुष्ट व्यापारीहरुले निर्वाचन रोक्नु पर्ने भन्दै अदालत पुगेपछि अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म तत्कालका लागि निर्वाचन कार्यतालिका रोकिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close