
पाेषण अभियान्ताकाे रुपमा परिचित बन्दै गायक तथा स्वास्थ्यकर्मी न्यौपाने ।
कालिकाेट जिल्लाकाे पलाँता गाउँपालिका २ मिजुबाडा मा २०५२ सालमा आमा रामरुपा जैसि र स्व बुवा जय प्रसाद जैसि काे कान्छा सुपुत्रका रुपमा जन्मेका हुन । गायक तथा स्वास्थ्यकर्मी बिनाेद कुमार न्यौपानेका चार दाजुभाई छन ।
न्यौपाने सानैदेखि संगितमा माेहक हुने भएता पनि संगितकाे यात्रा २०७२ साल देखि सुरु गरेका हुन ।कालिकाेट मान्म मा रहेकाे रेडियाे नयाँ कर्णालिमा २०६६ सालमा पहिलाे पटक गित गाउदा आफुलाई उत्साहित बनाएकाे थियाे ।
नेपालगंजमा हेल्थ साईन्स (हेल्थ असिस्टेन्ट)पढदै गर्दा रेडियाे कृष्णसार बाट कार्यक्रम म यस्ताे गित गाउछु बाट उनी संगित प्रति बढि महित भएर संगितकाे यात्रा सुरु गरेकाे बताउछन ।
न्यौपाने २०७४ साल देखि हाल सम्म पलाँता गाउँपालिका स्वास्थ्य शाखामा स्वास्थ्य सह संयाेजक काे रुपमा कार्यरत छन ।
न्यौपाने ले हालसम्म १ दर्जन भन्दा बढि गित गाईसकेका छन जसमा ३ वटा स्वास्थ्य संदेश गित गाएका छन उनकाे पहिलाे स्वास्थ्य संदेश कुपाेषण घटाऔ बाेलकाे गित छ जसले कर्णाली सुदुर तथा देशमा रहेकाे बाल तथा आमा कुपाेषण हुने दरलाई समेत घटाएकाे डाक्टर तथा स्वास्थ्यकर्मीहरुकाे भनाई छ । उनकाे पहिलाे गित सम्झना आउछ हाे ।
उनले केही समय अघी घरि घरि नामकाे र्याप पप गित बजारमा ल्याएका थिए ।आफु गायक तथा स्वास्थ्यकर्मी भएकाे नाताले बर्सेनि स्वास्थ्यय संग सम्बन्धित गित गाउने गरेका छन ।
हालसालै २ वटा स्वास्थ्य संदेश म्युजिक भिडियाे बजारमा ल्याउन अन्तिम चरणमा समेत रहेकाे न्याैपानेले गुराँस खबरलाइ बताए ।
आमा सुरक्षा गित र स्वास्थ्य प्रबर्दन गित अब अंग्रेजी र नेपाली दुबै माध्यायाम बाट बजारमा ल्याउने बताईएकाे छ ।