
सुर्खेत,७ फागुन । पोषणका लागि नागरिक समाजहरुको सञ्जाल नेपाल (सिसान) को कर्णाली प्रदेश स्तरीय सञ्चजाल गठन गरिएको छ ।
शुक्रबार सिसानका केन्द्रीय अध्यक्ष डा. उमा कोइरालाको उपस्थितिमा प्रदेश स्तरीय नागरिक समाजहरुको सञ्जाल गठन गरिएको हो ।
कर्णालीमा बालबालिका र पोषणका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको भेलाबाट जगत केसीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा रितु शाही, सचिवमा यज्ञराज थापा, सदस्यमा, डा. हरिप्रसाद शर्मा, लक्ष्मी शर्मा, द्वारीका योगी, लालप्रसाद न्यौपाने, अशोक राजी, शान्ता लामिछाने, निशा पौडेल, कृष्ण प्रसाद शर्मा, लक्ष्मी रुद्र अधिकारी र बिन्दुलाल रेग्मी रहेका छन् ।
उक्त गठित समितिले कर्णालीको पोषणका विषयमा सरकारी तथा गैरसरकारी संघसंस्थासँग पैरवी गर्नेछन् ।
गैर सरकारी संस्था कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पनन गरिएको भेलामा प्रमुख अतिथि सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्द्देल रहेका थिए ।
प्रमुख सिद्देलले पोषणका क्षेत्रमा परियोजनाले गरेको प्रशंसा गर्दै आगामी दिनमा पनि सुर्खेतमा पोषणका कार्यक्रमहरु आवश्यक रहेको बताए ।
कर्णाली योजना आयोगका निमित्त प्रशाशकीय प्रमुख हरि बहादुर खत्री, एमएस एनपी कर्णाली प्रदेशका प्रदेश संयोजक मानबहादुर कुवँर, स्याफ्रन नेपालका अध्यक्ष तथा सिसान केन्द्रीय कार्यकारी सदस्य डा. विकास लामिछाने, सिसान केन्द्रका कार्यकारी सदस्य रोशनी श्रेष्ठ, सिसान केन्द्रका सदस्य तथा सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको उपस्थिती रहेको थियो ।
यस्तै सिसान केन्द्रका प्रतिनिधीहरुले परियोजनाको कार्यक्षेत्र बराहतालमा स्थल अवलोकन गरी पालिका उप—प्रमुख शोभा कुमारी शर्मासँग कार्यक्रमको प्रभावकारिताका बारेमा छलफल तथा सुझाव समेत लिएका थिए ।
। कार्यक्रमको सहजिकरण तथा कार्य प्रगति प्रस्तुतीकरण स्याफ्रन सुर्खेतका प्रमुख शैलेन्द्र बिष्ट र सिसान केन्द्रका अध्यक्ष डा. उमा कोइरालाले सिसानको परिचय, भुमिका र सिसान गठन गरिनुको मुख्य कारण बारे प्रष्ट पारेका थिए ।