दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।
लु१८प ५४५६ र प्रदेश १–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल गए राति करिब ११ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।
तीनै घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा ५४५६ नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय २६ वर्षीय प्रकाश महतको मृत्यु भएको जनाइएको छ ।
अरू दुईजनाको अवस्था मध्यम छ । दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close