सडक कालेपत्रेको आशमा २९ बर्ष पूरा काम भने जिरो ः सुर्खेत पश्चिम सडक

सुर्खेत ३, असोज । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको पश्चिमखण्डको सडकमा सवारीसाधन चल्न नसक्ने भए पछि सुर्खेत बसपार्कमा टिकट काउन्टर बन्द गरिएको छ । सुर्खेतको बराहताल गाउँपालीका, पञ्चपुरी नगरपालिका तथा चौकुने गाउपालिकाका लगाएत सुदूरपश्चिम प्रदेशका नागरिकले यहि सडक भएर दिनहु यात्रा गर्ने गरेका छन् ।सडकको ट्राक्क खुलेको २९ बर्ष भईसक्दा समेत सडक अबस्था झन झन बिग्रिदैन गएको छ । संघीय सरकारले मदन भण्डारी राजमार्गका रूपमा सोहि सडकलाई स्तोरउन्नति गरिने भन्दै ४ बर्ष अघि सुर्खेत क्षेत्र नं.२ का सांसद तथा तत्कालीन स्वास्थ राज्य मन्त्री नबराज रावतले बराहताल गाउपालिकाको बड्डिचौरमा तामझाम साथ सिल्यानास गरेका थिए ।

चुनावी नाराको रूपमा प्रयोग गरिने यो सडकको कयौं पटक नेताहरूले सिल्यानास गरेपनि सडकमा भने कुनै पनि फरकपन देखिएको छैन । तत्कालीन यातायात मन्त्री शिवराज जोशीले बड्डिचौर देखि गुटु सम्म कालोपत्रेका लागि बजेट बिनियोजन गरेको दावि गरेता पनि सडक भने कतै पनि कालोपत्र भएको देखिदैनन् । यता जनतामा भने नक्सामा सडक कालोपत्रे भएको भन्ने भ्रम छाएको नेता तथा कार्यक्रताले बताउदै आएका छन । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले साउन ५ गते सडक कालोपत्रेका लागि सडकको सिल्यानास गरेका थिए ।
गत असार १४ गते कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार निर्देशनालयले सडक निमार्णका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको थियो । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । करिब २ महिना बितिसक्दा पनि ढेकेदार कम्पनीले अहिले सम्म कुनै पनि काम सुचारू गरेको छैन भने पुर्वाधार निर्देशनालयले भने अनुगमन समेत गरेको छैन । स्थानीयहरूले बर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् ।

प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरबाट नजिक रहेका पालिका सम्म पुग्न २ दिन सम्म लाग्ने गरेको छ । सघं तथा प्रदेशसभाको निवार्चनमा दल र दलको चुनाबी नाराका रुपमा प्रस्तुत हुने यो सडक चुनाब पश्चात कोही सकैले पनि ध्यान दिएको पाईदैन् । सघं तर्फ १ यातायत मन्त्री,१ सुचना तथा संचार राज्यमन्त्री, १ स्वास्थ्य तथा जनसंख्या तथा २ कर्णाली प्रदेशका मन्त्री सामाजिक बिकास र आर्थिक मामिला तथा योजना मन्त्री पाएको सडकले मुहार अझै र्फेन्न सकेको छैन । यता नागरिक भने सधै जस्तो हिलो र धुलो खान बाध्य भईरहेका छन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close