गुराँस खबर डटकमका प्रधान सम्पादक रमेश कुमार पाण्डे खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट कर्णाली प्रदेशको खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै प्रधान सम्पादक पाण्डेलाई सम्मान गर्न लागेको हो।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भए बमोजिम पाण्डेलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो ।

सुर्खेतको वीरेन्द्रनगर ९ मंगलगढी घर भएका पाण्डे विगत १३ वर्षदेखि पत्रकारिता क्रियाशिल रहनु भएको छ ।