महिला भलिबल टोलीको लगातार तेस्रो जित

काठमाडौँ – नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५(५, २५(१५ र २५(१७ को सोझो सेटमा पराजित गर्‍यो ।
नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार दिउँसो सवा १ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३(२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३(० को जित निकालेको थियो ।

शनिबार नै हुने पुरुषतर्फको खेलमा साँझ पौने ६ बजे नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close