
सुर्खेती गायक गायक बीर खाँण ठकुरी र गीता शाहीको स्वरमा झ्याउरे गीत ‘मायाको झझल्को’ म्यूजिक भिडियो बजारमा आएको छ । दुरदर्शन थापाको शब्द तथा लय रहेको एल्बमको निर्देशन उदयमान निर्देशक दिपेन्द्र थापा मगरले गरेका छन् ।
गीतमा संगीत संयोजन अलिफ खानको रहेको छ भने छायांकन हेमन्त कँडेलले गरेका छन् । म्यूजिक भिडियोमा दिपेन्द्र थापा मगर, मनिषा थापा मगर, नवीन चन्द र तुल्सा सुनारको अभिनय रहेको छ ।
माया अनि पिरतीमा वितेका पललाई ताजा र जीवन्त बनाउन सुर्खेतको मटेलामा छायांकन गरिएको हो । म्युजिक भिडियोको दृश्य निर्माण क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टर वीरेन्द्रनगरले गरेको छ भने सम्पादन मानबहादुर वलीले गरेका छन् । गीतले लकडाउनमा दर्शक, श्रोताहरुको माया र साथ पाएको निर्देशक दिपेन्द्र थापा मगरले बताए ।