१९ औं बार्षिकउत्सवको अवसरमा विद्यालयमा फुडफेस्टिवल

भक्त बहादुर थापा
सुर्खेत २७, माघ ।
विद्यालयको स्थापना दिवसको पूर्वसन्धामा फुडफेस्टिवल कार्यक्रम गरिएको छ । वीरेन्द्रनगर ११ पिपीरामा रहेको बा्रइटल्याण्ड माध्यामिक विदयालयले १९ औं बार्षिकउत्सवको अवसरमा फुडफेस्टिवल गरेको हो ।
कक्षा १० सम्म संचालनमा रहेको विद्यालयका विद्यार्थीहरुले विद्यालयमै तयार पारेका खाजाका परिकारहरु फेस्टिवलमा प्रर्दशनी गरिएको छ । फेस्टिवलमा विद्यालयका विद्यार्थीहरुको समुहले छुट्टाछुट्टै रहेका स्टलका खानाका परिकारहरु छिमेकी विद्यालयका विद्यार्थी एवम अभिवावकले खाएका छन् । विद्यार्थीको अगुवाइमा कुपन मार्फत विभिन्न खाजाका परिकारहरु अभिभावक एवम विद्यार्थीले किनेर खाएका छन् ।
फेस्टिवलमा रहेका स्टलहरुका खाजा विक्रि मार्फत धेरै कुपन संकलन गर्ने स्टललाई बार्षिक उत्सव कार्यक्रममा पुरस्कृत गर्ने विद्यालयले तयारी गरेको छ ।
विद्यार्थीलाई कितावी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलय मार्फत सिकाई प्रभावकारी बनाउनका लागि फेस्टिवल कार्यक्रम आयोजना गरिएको विद्यालयका फाउण्डर वालदिप कंडेलले जानकारी दिनुभयो । फेस्टिवलमा सूभतारा वोर्डिङ स्कुल र गोल्डेनवर्ड एकेडेमीका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close