अखिल क्रान्तिकारी सुर्खेतको संयोजकमा टिकाराम

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला संयोजकको जिम्मेवारी टिकाराम विकलाई दिइएको छ ।

सोमबारको विशेष भेलाबाट विक सर्वसम्मत रुपमा संयोजक चयन भएका हुन् । यसअघि जगत शाही संयोजक थिए ।

संयोजक विकले गौरवमय इतिहास् बोकेको विद्यार्थी संगठनलाई जिल्लामा मजबुद बनाइने बताए ।

वीरेन्द्रनगर नगरपालिका–१६ मेहेली निवासी विकसँग यसअघि जिल्लाको वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य भएर काम गरिसकेको अनुभव छ ।

उनले विगतको अनुभवलाई संगाल्दै आगामी दिनमा अखिलको संगठनलाई बलियो र स्थापित गराउने प्रतिबद्धता जनाए ।

उनी पेशाले इञ्जिनियर हुन् । समाज सेवामा समेत अग्रसर उनी ०७२ मा भूकम्पले क्षतिग्रस्त पुर्वका जिल्लाहरुमा भएर पुनः निर्माणको काममा खटिएका थिए । त्यो बेला प्राविधिक भएर काम गरेका उनले सहरी विकास तथा भवन निर्माण कार्यालयमा समेत प्राविधिक भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close