नेपाली कांग्रेसका सभापति दलका नेता देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
यसअघिको दरपिठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपिठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटमा पेसी बुधबारका लागि तोकिएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद् सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् ।
सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकिरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close